logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए १७९ जना कोरोना संक्रमित, १११ जना डिस्चार्ज


अंकुरण खबर
780
Shares

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ६ सय ४७ जना सक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ५ सय ६५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७९ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ७९ हजार १ सय ५ पुगेको छ ।

शुक्रवार १ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । हाल ६१ जना क्वारेन्टाइनमा रहेका छन् ।