logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम : केहि स्थानमा बर्षाको सम्भावना


अंकुरण खबर
702
Shares

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही ठाउँमा मौसम बदली रहने र केही ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

आइतबार बिहान देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ। बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। मौसमविदका अनुसार आज दिउँसो प्रदेश १, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ का पहाडी भू–भागका एक दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै आज राति मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। भोलिदेखि भने पानी पार्ने प्रणालीको विकास हुन सक्ने सम्भवना रहेको मौसमविदको भनाई छ ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २६ देखि २८ डिग्री सेल्यिस सम्म पुग्न सक्ने अनुमान गरिएको छ।