स्थानीय

ओखलढुंगा माओवादी केन्द्रका लोकप्रिय नेता सुरेश कुमार थापा एमालेमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र) १ नम्वर प्रदेशका सदस्य तथा चम्पादेवी गाउँपालिका ७ का वडा अध्यक्ष सुरेश कुमार थापा माओवादी केन्द्र परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन् ।

देशमा दिगो शान्ति,अमन चयन र संवृद्धिको आगि अरु भन्दा केपी शर्मा ओलीको नेतृत्व दुरदर्शी र विकासप्रेमी लागेकाले एमालेमा प्रवेश गरेको नेता थापाले अंकुरण खबरलाई बताए । अन्याय र अत्यचारको बिरोधमा शसक्त रुपमा प्रस्तुत हुने क्रान्तिकारी स्वभावका नेता थापा सानैदेखि राजनीतिमा लागेका हुन् ।

आफ्नो गाँउ ठाँउ समाज हुँदै ओली सरकारले लिएको लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउँन आफु सदैव लागिपरिरहने नेता थापाले बताए ।

नेता थापाले ओखलढुंगामा लोकप्रिय युवा नेताको रुपमा छवि बनाएका छन् ।

Comment here