logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


अंकुरण खबर
988
Shares

नेकपा माओवादी केन्द्रको आज (आइतबार) विहान बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

अधिकांश स्थायी कमिटी सदस्यहरु उपत्यका बाहिर रहेकाले आज बिहान ११ बजे बोलाइएको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप पार्टीले आज बैठक बोलाएको थियो ।

काँग्रेसले ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादीले कांग्रेससहित जसपासँग सत्ता सहकार्य गर्न चाहेको छ ।