logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

स्रोत नखुलेको ४३ लाखसहित नागढुङगाबाट १ जना पक्राउ


अंकुरण खबर
611
Shares

काठमाडौंव प्रहरीले शनिबार साँझ ८ बजे दाङबाट आएको यात्रुबाहक बसबाट ४३ लाख रुपैयाँ नगद र नौथान तिलहरी बरामद गरेको छ ।

नागढुंगा चेकप्वाईन्टमा दाङ तुलसीपुरबाट काठमाडौं तर्फ आउदै गरेको प्रदेश नम्बर ३-०१-००-६ ख ०९१२ नम्बरको यात्रु बाहक बसको प्यासेजमा कार्टुनमा कार्टुन टेपले पुरै बेरिएको अवस्थामा रकम बरामद भएको हो ।

कार्टुन भित्र हरियो रङको छड्के तिलहरिको पोते ९ थान र नेपाली बिनिमय हजार दरको १००० (हजार दर) को ३९०० (उन्नाचालीस) थान र नेपाली ५०० (पाँच सय दरको) ८०० (आठ सय)थान गरी त्रिचालिस लाख रूपैयाँ फेला परेको हो ।

प्रहरीले सोधपुछ गर्दा उक्त रकम तथा सामान जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका-५ सन्दिप कौशलको रहेको खुलेको थियो । प्रहरीले बरामद रकम र पक्राउ परेका कौशलका बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।