logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाट फर्केका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण


अंकुरण खबर
715
Shares

सुदूरपश्चिममा तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको छ ।

एक साताअघि उनीहरूसहित २० जनाको स्वाब संकलन गरी  जाँच गरिएकोमा तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका उनीहरूको स्वाब काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

संक्रमितहरू कञ्चनपुर, डडेल्धुरा र डोटीका हुन्। अहिले  संक्रमित तीनै जना होम आइसोलेसनमा रहेको बताइएको छ ।