logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वैदेशिक रोजगारीमा गएका नेपालीका एकैदिन आए १७ शव


अंकुरण खबर
897
Shares

वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा ज्यान गुमाएका नेपालीहरूमध्ये १७ जनाको शव एकैदिन आइतवार नेपाल आइपुगेको छ ।

आइतवार बिहान विभिन्न समयमा १७ वटा शब नेपाल आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ ।

विमानस्थल स्रोतका अनुसार, आइतवार बिहान मलेसियाबाट १२, कतारबाट २, टर्कीबाट ३ जनाको शब आइपुगेको छ ।

विमानस्थलमा आइपुगेका शवहरूमध्ये केही गोरखा जिल्लाको पनि रहेको थियो ।

गोरखा २ सिरानचोक ५ का २८ वर्षीय सूर्य विक, गोरखा नगरपालिका १२ का २७ वर्षीय मेघबहादुर कुँवरको पनि शव आएको थियो । शब बुझ्न उनीहरूको आफन्तसँगै पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्‍ अध्यक्ष डा। बाबुराम भट्टराई पनि पुगेका थिए ।