logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं जिल्लामा समानान्तर कमिटी गठन गर्ने नेपाल–खनाल समूहको तयारी


अंकुरण खबर
2.509K
Shares

एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आज (आइतबार) काठमाडौं जिल्लामा समानान्तर कमिटी गठन गर्ने तयारी गरेको छ।

त्यसका लागि काठमाडौंको बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा कार्यकर्ताको विशेष भेला बोलाइएको नेपाल पक्षीय एक केन्द्रीय सदस्यले जानकारी दिए। नेपाल-खनाल समूहले यसअघि केही जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ।

सर्वोच्च अदालतले एकतालाई भंग गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएयता अहिलेसम्म एमालेभित्र तीव्र विवाद हुँदै आएको छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले एकतर्फी निर्णय गर्दै आफूहरूमाथि निषेधको राजनीति गरेको भन्दै नेपाल–खनाल समूहले राष्ट्रिय भेला, विभिन्न जनवर्गीय संगठनसँगै जिल्लाजिल्लामा समानान्तर गतिविधि गर्दै आएको छ।

पार्टीको हितविपरति गुटगत गतिविधि गरेको भन्दै ओलीले पनि नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यताबाट निलम्बन गरेपछि झनै बिच्किएको सो समूहले शुक्रबार र शनिबार स्थायी समितिको बैठक राखेर दुई महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गरेको छ।