अर्थ

हालसम्मकै उच्च विन्दुमा नेप्से, ७ कम्पनीको मूल्यमा सर्वाधिक वृद्धि

आइतवार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचकले हालसम्मकै उच्च विन्दु कायम गरेको छ ।

कारोबारमा नेप्से परिसूचक शून्य दशमलव ८४ प्रतिशत बढेर २ हजार ६५४ दशमलव ९५ विन्दुमा पुगेको हो ।

यसअघि यो रेकर्ड २६४०.३५ मा फेब्रुअरी २१ मा थियो। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.४३ प्रतिशतले बढेर ४७०.७५ को बिन्दुमा पुगेको छ।

आज वोमि माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड सहित ७ कम्पनीको मूल्य सर्वाधिक १० प्रतिशतको हाराहारीमा बढेको छ।

साल्ट ट्रेडिङ, सपोर्ट माइक्रोफाइनान्स, एचआइडिसिुएल, स्वाभिमान लघुवित्त, अजोड इन्स्योरेन्स लगायत केहि कम्पनीको सेयरमा गिरावट आयो।

आज नेप्सेमा १ करोड ७३ लाख ७ हजार ३२८ कित्ता सेयर ८ अर्ब ७७ करोड ७४ लाख ३० लाख ६९० रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल इन्फ्राष्टक्चर बैंक (निफ्रा) को सेयर किनबेच भयो। निफ्राको सेयर आज ४६ करोडमाथि कारोबार भयो।

कारोबार रकमका आधारमा निफ्रापछि आज माथिल्लो तामाकोसी, नेपाल पुनर्बीमा, नबिल बैंक र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी छन्।

आज १२० कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने २१ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

Comment here