logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वार्थ पूरा भएपछि ओलीले प्रचण्डलाई किक हानेर फाल्दिए : माधव नेपाल


अंकुरण खबर
3.172K
Shares

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो स्वार्थ पूरा भएपछि केपी ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई लात्ताले हानेर फालेको आरोप लगाएका छन् ।

काठमाडौं जिल्लाको समानान्तर कमिटी गठन गर्न आयोजित भेलालाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्रीको कुर्सीमा पुग्न ओलीले प्रचण्डको चाकरी गरेको आरोप लगाए ।

ओलीले आफूलाई प्रचण्डको मामूलि कार्यकर्ता भनेकोमा पनि नेता नेपालले आक्रोश पोखे । ‘के हिजो प्रचण्डको कार्यकर्ता थिए ओली ? आफू पदमा पुग्न चाकरी गरेको होइन ? स्वार्थ पूरा भएपछि प्रचण्डलाई लात्तीको किक हानेर फाल्ने व्यक्तिलाई अध्यक्षको रुपमा टाउकोमा राख्न अभिशप्त भएका छौं ।’

२०७३ सालमा पनि प्रचण्डलाई धोखा दिएर प्रधानमन्त्री बन्न नदिएपछि एमाले सरकारबाटै बाहिर जानुपरेको नेपालले बताए । केपी ओलीले पार्टीलाई थाहै नदिई संसद भंग गरेको आरोप समेत लगाए ।

नेता नेपालले नेता वामदेव गौतमलाई सहकार्यको लागि प्रस्ताव गरे ।

‘बालुवाटारमा बालुवा पेलेर केहि निस्कने वाला छैन, अस्ति फेरि वामदेव कमरेडलाई भनेको छु आउनुस् हातमा हात मिलाएर अघि बढौं ।’

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको प्रयास गर्नुको कुनै अर्थ नभएको बताए ।