पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ४ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ८५ हजार २ सय ८८ पुगेको छ ।
आईतबार १ सय १७ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार २ सय ४० जना पुगेको छ ।
आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३२ पुगेको मन्त्रालयले जनाएको छ । हाल ५७ जना क्वारेन्टाइनमा छन् ।