logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल-खनाल समूहले घोषणा गर्‍यो काठमाडौंमा समानान्तर कमिटी


अंकुरण खबर
1.846K
Shares

नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले काठमाडौं जिल्लामा  समानान्तर कमिटी गठन गरेको छ ।

आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रमबाट खनाल-नेपाल समूहले बसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेको हो । मानन्धर बागमती प्रदेश सभाका सांसद हुन् ।

यस्तै, उपाध्यक्ष शोभा सापकोटा छिन् भने सचिवमा कुसुमकुमार कार्की छन् । लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठ उपसचिव भएका छन् ।

शनिबार बसेको उक्त पक्षको स्थायी कमिटी बैठकले सबै तहमा पार्टीका कमिटी गठन गर्ने निर्णय गरेको थियो । एमालेलाई थप एकताबद्ध बनाउन संगठन सुदृढीकरणको अभियानअन्तर्गत कमिटीहरू गठन गरिने नेपाल-खनाल समूहले दाबी गरेको छ ।