logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेको नरैनापुरमा भीषण आगलागी, सयभन्दा बढी घर जले


अंकुरण खबर
1.508K
Shares

बाँकेको नरैनापुर गाउँपालिका-४ खोदावामा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेका छन्।

बाँके जिल्ला प्रशासनले दिएको जानकारीअनुसार आगलागीमा परी तीनजना घाइते भएका छन्। यकिन तथ्यांक भने आउन बाँकी रहेको जनाइएको छ।

एउटा गोठबाट शनिबार दिउँसो करिब साढे २ बजेतिर लागेको आगो गाउँभरि फैलिएको बताइएको छ। उक्त बस्तीभरि फुसको छानो भएका घर मात्र भएका कारण आगो चाँडै फैलिँदा ठूलो क्षति हुन पुगेको हो।

आगलागी हुनेबित्तिकै आएका तीनवटा दमकल, सेना, प्रहरी, सशस्त्र र स्थानीयको संयुक्त प्रयासले आगो नियन्त्रणमा लिइएका थियो। नरैनापुरमा यसै वर्ष दुईपटक आगलागीका घटना भइसकेका छन्।