logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यक्रम 


अंकुरण खबर
1.066K
Shares

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भएको हो ।

आज बस्ने बैठकबारे सचिवालयले सूचना जारी गर्ने जानकारी गराएको छ । सूचनामा बैठकमा हुने सम्भावित कार्यक्रम बारे जानकारी दिइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्नेछन् ।