logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम : केहि स्थानमा चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना


अंकुरण खबर
949
Shares

हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा फाटफुट हल्का वर्षाको समेत सम्भावना रहेको छ ।