Breaking Newsस्थानीय

जंगलको डढेलो गाउँमा पस्दा १ जनाको मृत्यु

जंगलमा लागेको डढेलो बस्तीमा पस्दा मकवानपुरमा १ महिलाको जलेर मृत्यु भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका श्रीमती हस्तमायाको मृत्यु भएको हो ।

साथै उक्त आगलागीमा परेर प्रतितिबहादुरको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको बताइएको छ ।

Comment here