माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका प्रदेश १ का सांसद टंक आङ्बुहाङलाई पदबाट हटाएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बुहाङ माओवादी केन्द्र संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गरेका थिए ।
माओवादी केन्द्रका एक नेताका अनुसार सांसदबाट हटाएको जानकारी आज (सोमबार) नै प्रदेशसभालाई दिइनेछ । उनलाई पदमुक्त गरेको जानकारी दिन माओवादी केन्द्रले प्रदेशसभालाई बुझाउने पत्र पनि तयार पारिसकेको जनाइएको छ ।
चैत १३ गते मन्त्रीको पदभार ग्रहण गरेका आङ्बुहाङलाई माओवादी केन्द्र संसदीय दलले चैत १७ गते २४ घण्टे स्पष्टीकरण सोधे पनि जबाफ दिएका छैनन् । त्यसपछि स्पष्टीकरण नबुझाएको भन्दै पार्टीले उनलाई पदमुक्त गरेको हो ।
ताप्लेजुङ ‘ख’ बाट निर्वाचित आङ्बुहाङको मन्त्री पदको कार्यकाल अब ६ महिनापछि सकिनेछ । सांसद नभएको अवस्थामा ६ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने प्रावधान छ ।