नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ ।
सोमबार छापावाला सुन तोलामा २ सय रूपैयाँ घटेर प्रतितोला ८७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुन तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी १२ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।