logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा बैठक : दुई मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने


अंकुरण खबर
1.261K
Shares

आज बस्ने प्रतिनिधिसभाको बैठकमा दुई मन्त्रीले सार्वजनिक महत्वका विषयमा वक्तव्य दिने भएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यक्रम तय भएको हो ।

दुई मन्त्रीको सार्वजनिक महत्वको वक्तव्यपछि सांसदहरुले प्रश्नोत्तर गर्ने भएका छन् । मन्त्रीहरुको सार्वजनिक महत्वको वक्तव्यपछि शून्य र विशेष समय राखिएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।