मनकामना केबुलकार चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ ।
केबुलकारको स्तरोन्नतीको पहिलो चरणको काम गर्न ६ दिन केबलकार बन्द हुन लागेको हो ।
उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुने जनाइएको छ ।
मर्मत सम्भार पश्चात चैत्र ३१ गतेदेखि पुनःनियमित रुपमा सञ्चालन हुने मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।