पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन माओवादी केन्द्रलाई चुनौति दिएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै बाँस्कोटाले प्रश्न गरे, ‘आफैँ अड्काउने, आफैँ पड्काउने ?’
सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अर्को विषय सुरुआत हुने उनले बताए । ‘यो सरकार कसरी काम चलाउ होरु कसरी हुन्छ कामचलाउ सरकाररु समर्थन आफू गर्ने, समर्थन फिर्ता गर्न नसक्ने। अर्को सरकार बनाउन कुनै एजेन्डा प्रस्तुत गर्न नसक्ने। यो सरकारचाहीं काम चलाउ भयो ?’ उनले प्रश्न गरे।
केपी ओलीको सरकारले बहुआयामिक विकासका एजेन्डा ल्याएको दाबी उनले गरे। र, प्रश्न तेर्स्याए, ‘विकास नगर्ने हो भने राजनीतिक दलको आवश्यकता किन? सांसद, मन्त्री हुन प्रधानमन्त्रीको कुर्सीमा बस्न मात्र हो ?’
बाजुराको टुप्पोमा र हिमालको फेदीमा अहिल्यै रेल जान्छ भनेर कसैले नभनेको र त्यो परिकल्पना, सर्वे र डिजाइन क्रममा रहेको उनले बताए।
‘प्रधानमन्त्रीका योजना देखेर साह्रै प्रेसर बढेको छ भने यो प्रेसर थप बढ्नेवाला छ। यो घट्नेवाला छैन किनभने जनताको चाहना विकास हो,’ उनले भने, ‘जनता दंग, राजनीतिक नेताहरू भरंग किन भएका हुन्रु यो कस्तो ऐठन हो ?’
विकास निर्माण र जनताको बीचमा अभिमत लिन जाने कुरालाई प्रतिगमन मान्ने हो भने त्यो बारम्बार भइरहने दाबी बाँस्कोटाले गरे।