logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन


अंकुरण खबर
2.041K
Shares

पेट्रोलियम पदार्थको मुल्य बढाएको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रदर्शन गरेको छ ।

आइतबार नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको थियो ।

अनेरास्ववियुले आज बबरमहलस्थित आयल निगम परिसरमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको हो । अनेरास्ववियुले मूल्यवृद्धि तत्काल फिर्ता गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो । निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल लिटरमा दुई दुई रुपैयाँ बढाएको हो ।

अब पेट्रोल लिटरको १ सय २० रुपैयाँ र डिजेल, मट्टितेल लिटरको १०३ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत रहेको छ ।

p.jpg