logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए २६६ जना कोरोना संक्रमित, १०२ जना डिस्चार्ज


अंकुरण खबर
767
Shares

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा २ सय ६६ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ८९ हजार ८ सय २४ पुगेको छ ।

सोमबार १ सय २ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ जना पुगेको छ ।

आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ६४ जना क्वारेन्टाइनमा छन्।