logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु


अंकुरण खबर
754
Shares

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

तानसेन नगरपालिका काजिपौवामा भएको जीप दुर्घटनामा चालक बगनाँसकाली गाउँपालिका-४ का २० वर्षका विजय खाम्चा मगर र रिब्दीकोट-४ का २७ वर्षका राज थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

काजिपौवाबाट कुखुरा राखेर तानसेन जाँदै गरेको २ च ६३२ नम्बरको जीप गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।