logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा


अंकुरण खबर
1.066K
Shares

केही दिन बिस्तारै कम हुँदै गएको नेपालको वायु प्रदूषण सोमबारदेखि फेरी बढेको छ ।

पछिल्लो विवरण अनुसार काठमाडौं विश्वकै प्रदूषित सहर बनेको हो । प्रदूषणका कारण घाम नलाग्ने, चिसो हुने, नाक पोल्नेजस्ता असर समेत देखिएका छन् । नेपालका अधिकांश वनमा लागेको डढेलोका कारण  प्रदूषण बढेको बताइएको छ।

डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको विज्ञहरुको भनाइ छ।  बढ्दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालको काठमाडौं सहर पहिलो नम्बरमा छ ।

बिहान ६:३० मा वायु प्रदूषणको गुणस्तरको सूचक २९६ नम्बरका साथ काठमाडौं पहिलो नम्बरमा छ। यो मानवका लागि अत्यन्त अस्वस्थकर वायुको गुणस्तर हो।

काठमाडौंपछि अहिले क्रमशः भारतको दिल्ली, बंगलादेशको ढाका, चिनको सेङयाङ, भियतनामको हनोइ प्रदूषषित सहरको सुचीमा रहेका छन् ।