logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वैशाख ७ देखि ११ सम्म कोरोनाविरुद्ध दोस्रो डोज खोप दिईने


अंकुरण खबर
2.275K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोजको कोरोनाविरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा खोप लगाएका व्यक्तिलाई दोस्रो डोज खोप दिने निर्णय गरेको हो ।

सोही अनुसार स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने मिति र केन्द्रको सूची सार्वजनिक गरेको छ । माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्नेछ ।

खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म लगाइने छ ।

No description available.