नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पश्चिम रुकुमबाट सम्बोधन गर्ने भएका छन् ।
जनआन्दोलन दिवसको अवसर पारेर चैत २४ मा पश्चिम रुकुमको सदरमुकाम खलंगामा हुने जनसभालाई सम्बोधन गर्न उनी रुकुम पश्चिम गएका हुन् ।
त्यसैगरि सभामा स्थायी कमिटी सदस्य जनार्दन शर्माले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो सभालाई ‘आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रम’ नाम दिइएको छ ।
माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसर पारेर रुकुम पश्चिममा जनसभाको आयोजना गरेको हो ।