logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनको ठिमुराबाट देवघाट जोड्ने निर्माणाधीन पक्की पुल भत्कियो


अंकुरण खबर
3.367K
Shares

तनहुँको देवघाटमा बनिरहेको त्रिुशली नदीमाथिको पक्की पुल भत्किएको छ ।

देवघाट र चितवनको ठिमुरा जोड्ने दुई सय २० मीटरको पक्की पुल सोमबार राती भत्किएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी कम्पनीले निर्माण गरिरहेको पुलको २१ दिनमा निर्माण नसकिदै ४० मिटर भाग भत्किएको हो । कमजोर निर्माण सामग्रीले गर्दा पुल भत्किएको अनुमान गरिएको छ ।

१६ करोडको लागतमा निर्माण सुरु गरिएको पुलको लागत अहिले नाकाबन्दी लगायतका कारणले बढेर २१ करोड पुगेको छ ।

२०७४ सालमा नै बनिसक्नुपर्ने पुल अझै निर्माण सम्पन्न भएको छैन । यसबारे थप अनुसन्धान थालिएको विभागले  जनाएको छ ।