Breaking Newsराजनीति

माओवादीले गर्‍यो बादलसहितका मन्त्रीलाई कारबाही गर्ने निर्णय

नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई कारबाही गर्ने निर्णय गरेको छ ।

कारबाही गरेको निर्णयबारे जानकारीसहितको पत्र संसद् सचिवालयलाई बुझाउने तयारी रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । पत्र प्रमुख सचेतक देब गुरूङले तयार पारिरहेको ती नेताले जानकारी दिए ।

माओवादीका तर्फबाट ओली नेतृत्वको सरकारमा गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री  गौरीशंकर चौधरी र खेलकुदमन्त्री दाबा तामाङ रहेका छन् ।

Comment here