
नेपाल स्टक एक्ससेञ्ज (नेप्से)ले साताको तेस्रो दिन मङ्गलवार समेत नयाँ रेकर्ड कायम गरेको छ ।
आजको कारोबारबाट नेप्से हालसम्म कै सर्वाधिक उच्च २ हजार ६ सय ७४ अङ्कमा पुगेको हो । अघिल्लो दिन भन्दा आज नेप्से १५.७२ अङ्कले बढेको हो ।
आज ७ अर्व ४० करोड भन्दा माथिको कारोबार हुँदा नेप्सेमा सूचीकृत १०३ वटा कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् ।
त्यसै गरी ६० वटा कम्पनीका लगानीकर्ताले भने उत्साहप्रद बजारमा समेत निराश बन्नु परेको छ । १७ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन ।
Comment here