
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६० जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ९ सय ७९ जना सक्रिय संक्रमित छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार २ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ६० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ९४ हजार ६७ पुगेको छ।
मंगलबार १ सय १३ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ४ सय ५५ जना पुगेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शुन्य छ । नेपालमा हालसम्म कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३६ पुगेको मन्त्रालयले जनाएको छ । हाल ६९ जना क्वारेन्टाइनमा छन् ।
Comment here