सुदूरपश्चिममा थप एक संक्रमितको मृत्यु भएको छ।
मंगलबार राति कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत् भीमदत्त नगरपालिका-१५ का ४५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।
दोस्रो चरणको संक्रमण फैलिएपछि सुदूरपश्चिममा पहिलो पटक संक्रमितको मृत्यु भएको हो ।
अस्पतालका अनुसार ती पुरुष चैत २२ गते भारतको गुजरातबाट नेपाल आइपुगेका थिए । परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए।
मृतकको शव बुधबार दिउँसो व्यवस्थापन गरिने छ।
सुदूरपश्चिम प्रदेशमा गत चैत २१ गते कोरोना भाइरसको नयाँ प्रकार(भेरियन्ट) को संक्रमण पुष्टि भएको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एकरएक जनामा संक्रमण पुष्टि भएको थियो।
भारतमा कोरोनाको दोस्रो चरण संक्रमण फैलिएपछि घर फर्किनेहरू नाकामा भीड बढ्न थालेको छ ।