नेपाली बजारमा बुधबार पनि सुनको मुल्य बढेको छ ।
आज छापावाला सुन तोलामा ५०० रुपैंयाले बढेर प्रतितोला ८८ हजारमा कारोबार भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
हिजो छापावाला सुन प्रतितोला ८७ हजार ५०० रुपैंयामा कारोबार भएको थियो ।
आज तेजावी सुनको मुल्य प्रतितोला ८७ हजार ५५० रुपैंया कायम भएको छ ।
यस्तै, चाँदीको मुल्य आज तोलामा १० रुपैंयाले बढेर प्रतितोला १२ सय ४५ रुपैंयामा कारोबार भइरहेको छ ।