logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्यूठानमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु


अंकुरण खबर
1.027K
Shares

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा  एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

आज बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको उनको भनाइ छ ।

अहिले प्रहरी घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।