Breaking Newsराजनीति

गण्डकी प्रदेश सरकारबाट माओवादीका दुई मन्त्रीले दिए राजीनामा

गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

बुधबार आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएका हुन् ।

मन्त्रीद्वयले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय पुगेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाए ।

माओवादी केन्द्रको संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो ।

माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिए पनि उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । बुधबारको प्रदेशसभा बैठकमा चुमानले राजीनामाबारे आफ्नो धारणा राख्‍ने छन्।

Comment here