logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा झिनो अङ्कको गिरावट


अंकुरण खबर
1.079K
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बुधवार झिनो अङ्कको गिरावट देखिएको छ।

नयाँ रेकर्ड बनाउँदै हाल सम्मकै उच्च २६९४ बिन्दुमा पुगेको नेप्से कारोबार बन्द हुँदा २६७१ दशमलव ६१ अङ्कमा रोकिएको छ। यो सँगै नेप्से परिसूचक अघिल्लो दिनको भन्दा २।८५ अंकले तल झरेको छ।

बुधवार ७ अर्व माथिको कारोबार हुँदा एक करोड ६३ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको हो। आजको कारोबारबाट नेप्सेमा सूचीकृत ८२ कम्पनीका लगानीकर्ताले कामै भने ८७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। नेप्सेका अनुसार ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

आज नेप्सेमा सामान्य करेक्सन देखिए पनि अझै केहि दिन शेयर बजार सकारात्मक नै विश्लेषकहरूको भनाई रहेको छ।