नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा झण्डै साढे तीन सय जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १०० जनाको पीसीआर परीक्षण भएकोमा ३३९ जनालाई संक्रमण पुष्टि भएको हो । केही समययता नेपालमा दिनका दिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २८९ रहेको छ । हालसम्म २ लाख ७३ हजार ६३१ जना संक्रमितहरु संक्रमणमुक्त भइसकेको छन् ।
आज उपत्यकामा १६३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १३२, ललितपुरमा २६ र भक्तपुरमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण बढ्नुमा स्वास्थ्यका मापदण्ड पालना नगर्नु रहेको विज्ञहरुले बताउँदै आएका छन् । पछिल्लो समय छिमेकी मुलुक भारतमा संक्रमण बढेको र त्यहाँबाट आउनेजाने क्रम धेरै भएकाले अझै संक्रमण बढ्न सक्ने विज्ञहरु बताउँछन्।