logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादीले सुदूरपश्चिमका प्रदेश सभा सदस्य बोहोरालाई सोध्यो स्पष्टीकरण


अंकुरण खबर
1.404K
Shares

नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट माओवादीका तर्फबाट निर्वाचित बोहोरालाई बुधबार माओवादीले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

नेकपा विभाजन हुने २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि बोहरा एमालेका गतिविधिमा देखिएको र केन्द्रीय सदस्य नै बनेको देखिएकाले पार्टी परित्याग गरेको ठहर स्पष्टीकरण पत्रमा गरिएको छ। र, उनलाई पार्टी सदस्यबाट किन निष्कासन नगर्ने भनेर प्रश्न गरिएको छ।

बोहोरालाई सोधेको स्पष्टीकरणमा लेखिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा १ र २ बमोजिम कार्य गर्नुभएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ (ख)बमोजिमको कार्यसमेत गरेको बुझिन आएकोले तपाईंले पार्टी परित्याग गर्नुभएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्काशन नगर्ने ?’