समाचार

माओवादीद्वारा संसद् बैठक अवरोध

आफूहरुले उठाएको प्रश्नमा चित्तबुझ्दो जवाफ नआएको भन्दै माओवादी केन्द्रले वागमती प्रदेशसभा बैठक अवरोध गरेको छ ।

माओवादीले उठाउँदै आएको प्रश्नको जवाफ मुख्यमन्त्री डोरमणि पौडेलले दिएका थिए । तर उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै माओवादीले बैठकमा अवरोध गर्यो ।

पौडेलले अविश्वासको प्रस्ताव, नीति तथा कार्यक्रमसहितका विषयमा जवाफ दिएका थिए । तर, उनको जवाफमा चित्तबुझ्दो नभएको भन्दै माओवादीले बैठक अवरुद्ध गरेको जनाएको छ ।

मंगलबार पनि माओवादीले प्रदेश सरकारको वैधानिकतामा नै प्रश्न उठेको भन्दै विद्युतीय बस खरिद, बजेटको बाँडफाँड तथा नीति तथा कार्यक्रमको विषयमा प्रश्न उठाएर बैठक अवरुद्ध गरेको थियो ।

Comment here