logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहाडी भू-भागका पानी पर्ने सम्भावना, वायु प्रदूषणबाट बच्न आग्रह


अंकुरण खबर
819
Shares

जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ सहित बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा अपरान्हतिर मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले आज दिउसो देशका पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने जनाएको छ । विभागका अनुसार आजराति  देशका पहाडी भू-भागमा आंशिकदेखि समान्य रही बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

देशको तराई र पहाडि भू-भागका केही स्थानमा तुवाँलो लागेकोले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह पनि विभागले गरेको छ । वायु प्रदूषणका कारण आँखा र नाक पोल्ने, टाउको दुख्नेजस्ता समस्या देखिँदै आएको छ ।

लामो समयदेखि पानी नपर्दा र धेरै ठाउँमा डडेलो लागेका कारण अध्यधीक मात्रामा वायु प्रदूषण भएकाले केहीदिन यता भिजिविलिटीसमेत न्यून हुँदै आएको छ । डडेलो नियन्त्रण नहुँदासम्म वायु प्रदूषण स्थिर रहने वातावरण विभागले बताएको छ ।