logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा १ हजारले बढ्यो सुनको मूल्य


अंकुरण खबर
1.391K
Shares

नेपाली बजारमा बिहीबार एकैदिन हजार रुपैयाँले सुनको मूल्य बढेको छ ।

आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाला सुन तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन चाँदी तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।