logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोदीले लगाए कोरोनाविरुद्धको खोपको दोश्रो डोज


अंकुरण खबर
1.365K
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोपको दोश्रो डोज लगाएका छन् ।

मोदीले बिहीबार खोपको दोश्रो डोज लगाएको आफ्नो ट्विटरमार्फत जानकारी गराएका छन् ।

पहिलो डोज मार्च १ मा लगाएका मोदीले नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्समा पुगेर दोश्रो डोज खोप लगाएका हुन् । उनले भारत मै उत्पादित कोरोनाविरुद्धको खोप कोभ्याक्सिन लगाएका हुन् ।

कोरोनालाई हराउने कम तरिकाहरुमध्ये एक खोप रहेको भन्दै उनले खोप लगाउन योग्य सबैले खोप लगाउन पनि अनुरोध गरेका छन् ।

भारतमा अहिले कोरोना महामारीको दोश्रो लहर चलिरहेको छ । भारतमा कोरोनाको दोश्रो लहर पहिलो लहरभन्दा निकै खतरनाक देखिएको छ । भारतमा दैनिक संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । एजेन्सी