Breaking Newsअन्तर्वार्ता

सिमित स्रोत र साधनकै बीच इन्द्रावती गाउँपालिका देशकै नमुना पालिका बनाउँछौं : अध्यक्ष वंशलाल तामाङ

चौतर्फि विकासका लहर सृजना गर्दै दिगो शान्ति,विकास,संवृद्धि र सहज सेवाको लागि भन्दै मुलुक संघीयतामा गयो । संघ प्रदेश र स्थानीय सरकार गठन भए । इतिहासका विभिन्न कालखण्डमा लामो त्याग संघर्ष र बलिदानीबाट प्राप्त संघीयताका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य साकार गर्न तीनै तह लागिपरेको सरकारले बताउदै आए पनि अपेक्षाकृत विकास हुन भने सकेको छैन् ।

विशेषतः स्थानीय तहमा काम गर्दाका चुनौती,अबसर, कामको प्रभावकारीता प्रदेश र संघीय सरकारको सहयोग लगाएतका विषयमा गाउँपालिका महासंघका महासचिव तथा इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष वंशलाल तामाङसंग अंकुरण खबरको टिमले गरेको कुराकानीको संपादित अंश…

लामो समय प्रवासमा बसेर विना राजनीतिक पृष्ठभूमिबाट पैसा र शक्तिको भरमा निर्वाचन जित्यो भन्ने तपाईलाई आरोप लाग्छ नी ? के यो आरोप मात्रै हो की सत्यता ?

यो विल्कुल झुटो आरोप हो । म प्रति जनताले देखाएको सद्भाव, विस्वास र मेरो विकास प्रेमी सोचलाई केही व्यक्ति या राजनीतिक दलका साथीहरुले आफु पछि पर्ने डरले फैलाएको अफवाहा हो । तर निर्वाचन भन्दा अगाडी म कारणबस ९ वर्ष अमेरिकामा बसेको चै सत्य हो । अमेरिकामा हुँदा पनि मैले नेपालको राजनीति, आफ्नो गाँउठाउँका विषमा चासो चिन्ता राख्ने, सकेको सहयोग निरन्तर गरिरहेको थिए ।

मेरो बारेमा यस्ता भ्रम सृजना गर्नेलाई आग्रह छ की मेरो विगत हेर्न सक्नुहुन्छ । कलिलो उमेरदेखिनै म राजनीतिमा लागेको हुँ । वि.सं २०३६ सालमा ऐँसेलुखर्क माविमा रहदा नेपाल विद्यार्थी संघको सदस्यता लिएर मैले राजनीतिक यात्रा सुरु भएको हुँ । निरन्तरताकै कारण २०४६ मा नेविसं सिन्धुपाल्चोक जिल्ला अध्यक्ष हुँदै सिन्धुपाल्चोकमा कांग्रेस जिल्ला समिति सदस्य, विसं २०५४ देखि ०५९ सम्म महाधिवेशन प्रतिनिधि थिए । त्यस्तै २०६०देखि ०६५ सम्म महासमिति सदस्य, २०७२ मा महाधिवेशन प्रतिनिधि रहनुका साथै विभिन्न भ्रातृ संगठको नेतृत्व समालि सिन्धुपाल्चोक जिल्लाको कांग्रेस सचिवको भूमिका मैले निर्वाह गरिसकेको छुँ ।

लोतन्त्रको वकालत गरेकै कारण मैलै पञ्चायती व्यवस्थामा होस् या माओवादी युद्धमा धेरै मानसिक तथा शारीरिक यातना भोगेको छुँ । धेरै पटक प्रहरी हिरासतमा पुगेको छुँ । पञ्चायती व्यवस्थाको त्यस्तो कु्रर समयमा राजनीतिमा होमिएको मलाई राजनीतिक पृष्ठभूमि छैन् भन्नु अजायज कुरा हो । बिरोधका लागि बिरोध गर्ने बाहेक सुरुसुरुमा कोही कसैलाई भ्रम भए पनि अहिले त्यस्तो भ्रम हटि सकेको छ । मलाई जनताले विश्वास गरेर भोट दिएको आधार पनि जनताको दुख सुखको सारथी भएकै कारण हो ।

स्थानीय तहमा निर्वाचित भएर आएको ४ वर्ष भैसकेको छ, यस अवधिका चुनावमा जनतासंग बाचा गरेका के कति काम पूरा गर्नुभयो ?

मैलै निर्वाचनको बेलामा आम पालिकाबासीलाई मलाई मत दिएर प्रतिनिधि बनाउनुस, तपाईहरुको चौतर्फि बिकासमा कुनै कसर बाकी राख्दिन भनेको थिए । मैले बोलीमा हैन पालीकाबासी सबैलाई अनुभुत हुने गरि व्यावहामरमै विकास गरेर देखाउछु भनेको थिए । यसै अनुरुप अहिले तिव्र गतिमा काम भैरहेको छ ।

सुरुवाती वर्षमै सरोकारवालापक्षसंग मिलेर हामीले पालिकाको समर्ग समस्या,तत्काल र दीर्घकालमा गर्नुपर्ने काम,चुनौती संभावना सबैको अध्ययन विश्लेषण ग¥यो । सोही अनुरुप भिलेज प्रोफाइल, गुरुयोजना तयार गरेर काम गर्दै आएका छौं । योजनावद्ध तरिकाले काम गरेरै होला न्यूनतम स्रोत र साधनकाबीच पनि अधिकत काम गर्न हामी सफल हुँदै आएका छौ ।

पालिकालाई काठेपुल मूक्त बनाउदै छौं । पालिकामा २६२ किलोमिट सडक पुगिसकेको छ । सबै जग्गामा सिंचाईको सुविधा पु¥याउने कोशिशमा छौं । वुडीचौरमा १८१ रोपनी जग्गामा एकीकृत बस्ती बसाल्न लागेका छौं । पालिका भित्रका सबै घरमा घरनंबर वितरण गर्दै छौं । ७० प्रतिशत भन्दा बढी घरधुरीमा एक घर एक धारा पु¥याएका छौं । इन्द्रावतीको बगरलाई सामुहिक धान खेती उत्पादन गरेका छौं, गत वर्ष १८० रोपनी जग्गालाई एकीकृत गरेर धानखेती ग¥यो । यस वर्ष २५० रोपनी पु¥याउन लागेका छौं । हामीले शहरी बिकास तथा जग्गा एकीकरण ऐन पास गरेका छौं । अब कुनै पनि प्राइभेट कम्पनिले हाउजिङ् या जग्गा पल्टीङ गर्न पालिकाको स्वीकृत लिनुपर्छ । शिक्षा,स्वास्थ,खानेपानी, सडक निर्माण तथा स्तरोन्नत्ती,कृषि लगाएत सबै क्षेत्रमा जनताले विकासको अनुभुत गरेका छन् । यो त ठुलो उपलब्धि हो । यद्यपी केही प्रतिकुलताका कारण सोचेअनुसार काम हुन सकेको छैन् । यस्ता कुरा पनि हामी विस्तारै मिलाउदै आइरहेका छौं ।

कतिपय स्थानीय तहमा प्रदेश र केन्द्र सरकारले आवश्यक सहयोग नगर्दा काममा बाधा भयो भन्ने जनप्रतिनिधिको गुनासो सुनिन्छ ? तपाईको पालिकामा चै के छ अवस्था ?

संघियता मुलुककै लागि नयाँ व्यवस्था भएकाले पनि तीन वटै सरकारलाई सुरुवाती वर्षहरुमा आफ्ना काम, कर्तव्य,अधिकार र नीति नियमकाबारेमा धेरै अन्योलता थियो । पक्कै पनि यस्ता अन्योलताले काममा जुन गति हुनुपर्ने हो त्यो हुन नसकेको कुरा वास्तविक हो । अर्को कुरा स्थानीय तहमा आयआर्जनको स्रोत न्युन हुन्छ । तर बिकासका लागि खर्च गर्नुपर्ने धेरै । यो अवस्थामा प्रदेश र संघसंग सबै प्रकारका सहयोगको अपेक्षा गरिन्छ । सबै प्रक्रिया पुरा गरेर जादा पनि कतिपय सन्दर्भमा प्रदेश र संघले स्थानीय तहका माग पुरा गर्न सक्दैन् । जसको असर स्थानीय तहको विकास निर्माणमा पर्छ । यही भएर होला धेरै ठाउँमा असहयोगको कुरा आएको । मेरो पालिकामा पनि केही यस्ता अनुभव छन् । तर कुनै सहयोगनै छैन् भन्ने चै हैन् ।

स्थानीय तहमा भ्रष्टचार धेरै रहेको विभिन्न अध्ययन अनुसन्धानले पनि देखाएको छ, भ्रष्टचारकै कारण विकास हुन सकेन भन्ने जनगुनासो धेरै छ ? तपाईको पालिका पनि बेवा बेलामा मुद्धा मामला फस्ने गरेको छ ? यसलाई कसरी लिनुहुन्छ ?

स्थानीय तहमा मात्र नभएर समग्र देशमै भष्टचार रहेको विभिन्न समयमा आउने गरेको छ । मैले पनि सुनेको छुँ । मेरो पालिकाको कुरा गर्दा मैलै स्पष्ट सबैलाई भनेको छु कि, कहि कुनै पनि कुरामा अनियमितता गर्ने, जनतालाई अनाआवश्यक दुखः दिने कुरा प्रमाणित भयो भने कानुन संगत कारबाही भोग्न तयार रहनुपर्छ ।
म यसै मिडिया मार्फत पनि भन्न चाहाँन्छुकी कसैले यस्तो गलत मनासय राख्यो भन्ने तुरुन्त मलाई जानकारी गराउनुस् या त पालिका या संवन्धित वडामा जानकारी दिनुस् ।

पालिकामा सबै वर्ग समुदायलाई समेट्ने कार्यक्रमहरु के कस्ता सञ्चालनमा छन् ?

युवा देश विकासको मेरुदण्ड हो भने वृद्धवृद्धा मार्गदर्शक हुन् । त्यस्तै महिला,दलित,जनजाती,आदिवासी, शारीरिक रुपमा अशक्त सबै वर्ग समुहका आवश्क्ता बुझि उहाँहरुलाई समेट्ने कार्यक्रम ल्याएका छौं । कत्तिपय काम अहिले पुरा हुने चरणमा छन् । अहिले वृद्धवृद्धाको वृद्धाभक्ता बैंक खातामा उपलब्ध गराएका छौ, विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालय जाने वातवरण बनाएका छौं । आवश्यक्ता अनुसार दलित, महिला, जनजाती ,शारीरिक रुपमा अशक्त आदिलाई तालिम दिएका छौं, क्षमता अभिवृद्धि गर्दै स्वरोजगार बन्ने वातवरण दिएका छौं ।

पालिकाका आयआर्जनका स्रोतहरु के कस्ता छन् ?

मेरो पालिका पनि ग्रामिण इलाका हो । गर्नुपर्ने कामहरु धेरै छन् । त्यती धेरै आन्तरिक स्रोत छैन् । राजश्व, सेवा शुल्क, प्राकृतिक सम्पदाबाट उठने करहरुनै आय आर्जनका स्रोत हुन् ।

तपाई गाउँपालिका राष्ट्रिय महासंघ नेपालको महासचिव पनि हुनुहुन्छ समग्रमा गाँउपालिकाहरुका समस्या र संभावनाहरु के कस्ता देख्नु भएको छ ?

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल देशैभरका गाउँपालिको छाता संगठन हो । महासचिवकै हैसियतमा म धेरै पालिका पुगेको छु । निकै दुर्गमदेखि सुगमसम्म । यस क्रममा मैले अनुभव गरेको कुरा पनि नेपालको विकास हुन नसक्नुको कारण पनि भौगोलिक धरातल र संवृद्ध मुलुकको संभावना बोकेको पनि प्राकृतिक संपदा र भौगोलिक कारण नै हो । यस अर्थ पनि पालिकामा रहेका समस्या समधानको लागि आवश्यक्ता अनुसार के कस्तो गर्न सकिन्छ हामीले सक्दो पहल गर्दै आएका छौं । विकास निर्माणका काममा पार्टी,दल,भूगोल लगाएत सबै कुराबाट माथि उठेर अगाडी बढ्न पनि हामीले सबै साथिहरुलाई आग्रह गर्ने गरेका छौं ।

महासंघको तर्फबाट पालिकाहरुका समस्या, समर्ग विकासको लागि आवश्यक परेको खण्डमा राष्ट्रिय तथा आन्तर्राष्ट्रिय स्तरमा पहल पनि गर्दै आएका छौं ।  मेरो मूख्य उद्देश्य भनेकै आफु जहाँ,जुन जिम्मेवारीमा रहेपनि इमान्दारीताका साथ काम गर्ने हो । यसको प्रत्क्षय महशुस हाल गाउँपालिका महासंघ र इन्द्रावतीका जनताले गरेका छन् ।

Comment here