logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सांसद अधिकारी भने – ‘हामी अवैधानिक रुपमा नेकपा हुन चाहदैनौँ’


अंकुरण खबर
1.053K
Shares

नेकपा एमालेका सांसद खगराज अधिकारीले पार्टी पूर्ववत् रुपमा फर्किएपनि विभिन्न समितिहरुमा नेकपा नै भएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार बसेको संसद बैठकको शुरुमै बोल्दै सांसद अधिकारीले त्यस्तो आपत्ति जनाएका हुन् । ‘पार्टी पूर्वावत् रुपमा फर्किए पनि हामी अहिले पनि विभिन्न समितिहरुमा जाँदा नेकपा नै भएर बस्नु परेको छ ।’ उनले भने । ‘हामी अवैधानिक रुपमा नेकपा हुन चाहदैनौँ ।’

उनले सदनले आजैको बैठकबाट उक्त समस्याको हल गर्न आग्रह गरे ।

यसैगरी सभामुख अग्नीप्रसाद सापकोटाले सभामा उक्त विषयमा छलफल गर्ने जानकारी गराएका छन् ।