logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभरको मौसम आज कहाँ कस्तो रहन्छ ?


अंकुरण खबर
871
Shares

प्रदेश १ तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले केही क्षेत्रको मौसम प्रभावित हुने देखिएको हो ।

शुक्रबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

देशका पश्चिमी तथा मध्य पहाडी तथा तराईका केही भू-भागहरुमा हल्का तुँवालो समेत लाग्न सक्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।