logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शुक्रबार तोलामा ९ सयले बढ्यो सुनको भाउ


अंकुरण खबर
1.027K
Shares

नेपाली बजारमा शुक्रबार सनको भाउ बढेको छ ।

शुक्रबार छापावाला सुनको भाउ तोलामा ९ सयले बढेर प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुनको भाउ प्रतितोला ८९ हजार रुपैयाँमा कायम थियो ।

आज चाँदीको भाउमा पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० मा कारोबार भएको छ । अघिल्लो दिन चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।