चार्जमा राखेको मोबाइल फोन पड्किँदा भोजपुरमा एक महिला घाइते भएकी छन् ।
षडानन्द नगरपालिका-१० की ५३ वर्षीय शर्मिला तामाङ घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार तामाङको हात, छातीलगायत ठाउँमा चोट लागेको छ।
घाइतेको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।