logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सांसद पद गुमाएका चार नेताले पाए मन्त्रीमा पुनर्नियुक्ति, आजै शपथ लिने


अंकुरण खबर
728
Shares

एमालेमा प्रवेश गरेका माओवादी केन्द्रद्वारा कारबाही गरिएपछि सांसदसँगै मन्त्री पद गुमाएका चार नेताले मन्त्रीमा पुनर्नियुक्ति पाएका छन् ।

उनीहरूले आज (शुक्रबार) साँझ ५ बजे मन्त्री पदको शपथ लिने भएका छन् ।

नेकपा नाम विवादको मुद्दा टुंग्याउने क्रममा सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिए पछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीको साथ नछाडेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले मन्त्रीको शपथ लिन लागेका हुन् ।

उनीहरूको सांसद र मन्त्री पद बिहीबार गुमेको थियो । त्यसको भोलिपल्टै प्रधानमन्त्री ओलीले उनीहरूलाई मन्त्री पदमा पुनर्नियुक्ति दिएका हुन् ।