नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुट्टा टेक्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले लात हानेको बताएका छन् ।
निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन गर्दै देउवाले आफ्नो सुझाव नमान्दा प्रचण्डले दुःख पाएको बताएका हुन् ।
उनले २०७४ को निर्वाचनपछि प्रचण्डलाई आफूले प्रधानमन्त्रीको प्रस्ताव गरेको उनले सुनाए । ओलीलाई सत्ता सुम्पिँदा अहिले प्रचण्डको यो हबिगत बनेको उनको भनाइ छ । ‘मैले प्रधानमन्त्री बन्नुस् भन्दा मान्नुभएन । सत्ता बुझाउनु भयो । प्रचण्डले खुट्टा टेक्न नसक्दा ओलीले लात हाने,’ उनले भने ।
देउवाले आज तीन दलको बैठक बोलाएको भन्दै सरकार गठनबारे छलफल हुने बताए । नयाँ सरकार बन्ने अवस्था नहरे चुनावमा जानुपर्ने उनको भनाइ थियो । ‘नयाँ सरकार बनेन भने चुनावमा जानुको विकल्प छैन । हामी तयार हुनुपर्छ,’ उनले भने ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि उपयुक्त विकल्पमा अघि बढ्नुपर्ने बताएका थिए ।