सिंगटी हाइड्रोपावरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरेको छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धक मेगा क्यापिटलले शुक्रबार बिहान ११ बजे आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५३० जनाले आवेदन गरेका थिए । त्यसमध्ये रीत पूरा नगरेका ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको मेघा क्यापिटलले जनाएको छ ।
योग्य आवेदकमध्ये २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने १२ लाख ९० हजार १०२ जनाको हाल खाली भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले चैत ६ देखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो ।
आवेदकले मेरो सेयरमा गई आइपिओ परे/नपरेको जाँच गर्न सक्नेछन् ।